लमजुङ फुटसल रातोलाई उपाधि
बुधबार, १२ आश्विन २०७९मनोज थापा (हिमालयन मनोज)

बेसीसहर । लमजुङ फुटसल रातोले बेसीसहरमा भएको दशैं कप यू-२१ फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
लमजुङ फुटसलमा बुधबार भएको फाइनलमा सिमि एफसीलाई २-१ ले हराएर लमजुङ फुटसलले उपाधि जितेको हो ।
लमजुङको जितमा रोबिन तामाङ र मिलन गुरुङले एक एक गोल गरे । सिमिका विकास गुरुङले एक गोल फर्काए ।
उपाधिसँगै लमजुङ फुटसलले ४० हजार नगद प्राप्त गरेको छ । उपविजेता सिमिले १५ हजार प्राप्त गर्यो ।
लमजुङ फुटसलले आयोजना गरेको प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता टोलीका मिलन गुरुङ चुनिए ।
सिमिका मनराज गुरुङ सर्वाधिक गोलकर्ता बने ।
लमजुङ फुटसल रातोलाई उपाधि







-1763450218248.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)