मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालले उकालो चढिरहेको बंगलादेशलाई रोक्न सक्ला ?

मंगलबार, ११ आश्विन २०७९हेम राज हमाल
नेपालले उकालो चढिरहेको बंगलादेशलाई रोक्न सक्ला ?
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।

घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका थिए ।

तर, बंगलादेशविरुद्ध भिड्नु अघि घरेलु टोली नेपाल भने दवाबमा छ । नेपाल अन्तिम पटक मैदानमा एएफसी एसियन कप छनोटको तेस्रो चरणमा उत्रिएको थियो । त्यसमा पनि अहिले पुनरागमन गरेका अधिकांश खेलाडी तत्कालिन प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीसंगको विवादका कारण बाहिर रहेका थिए ।

कप्तान किरणलाई छाड्ने हो भने धेरैजसो खेलाडीले नियमित खेलेका पनि छैनन् । नवनियुक्त कार्यबाहक प्रशिक्षक प्रदिपलाई लामो समय मैदान बाहिर रहेका खेलाडीको खेललाई अन्तराष्ट्रिय स्तरमा एक्कासी 'सेप' मा राख्न चुनौती छ । त्यति मात्र होइन उनीहरुको 'म्याच फिटनेस' ठ्याक्कै दावा गरेर ठिक छ भन्न सकिने अवस्था पनि देखिदैन । 

अन्तिमपटक गत फेब्रुअरीमा उनीहरुले नेपालको मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय जर्सी लगाएका थिए । त्यसपछिका केहि अन्तराष्ट्रिय मैत्रीपूर्ण र एएफसी एसिएन कप छनोट खेलेको टोलीबाट आधा भन्दा बढी खेलाडीलाई अहिले बाहिर राखिएको छ । नेपाली खेलाडीलाई बंगलादेशजस्तो टोलीविरुद्ध  रिदम समात्न कठिन त हुने नै छ । त्यसैले कप्तान किरणले फिफा वरीयतामा प्रभाव पार्ने हुँदा बंगलादेशविरुद्धको मैत्रीपूर्णलाई महत्वपूर्ण खेलको रुपमा लिएको र उनीहरुविरुद्ध खेल्न कठिन हुने बताएका थिए ।

नेपाली टोलीलाई अर्को दवाब मानसिक रुपमा पनि छ । साफ च्याम्पियनशिपको फाइनल पछि यो अन्तरालमा नेपाली टोली विभिन्न उतार चढावबाट गुज्रिएको छ । एन्फा नेतृत्व परिवर्तन भएको छ । सिनियर खेलाडीहरु टोली छाडेर फर्किएका छन् । अल्मुताईरी प्रशिक्षक रहेनन् । फुटबलमा विवाद, गुट उपगुट, पक्ष विपक्ष, आरोप प्रत्यारोपबाहेक अरु केहि देखिएन । राष्ट्रिय टोलीका खेलाडी विदेश पलायन भईरहेका छन् । घरेलु फुटबल पनि लटरपटरमै अल्झेको छ । अनुशासन तोडेको भन्दै निकालिएका १० जना खेलाडीलाई राजनीतिक फाइदाको लागि फेरि बोलाएर, अल्मुताईरीले तयार पारेका युवा खेलाडीमाथि अन्याय गरेको आरोप अल्मुताईरी पक्षधरहरु लगाइरहेका छन् । उनीहरु अझै प्रदिपलाई प्रशिक्षक स्विकार्न सकिरहेका छैनन् । 

मैदान बाहिर उठिरहने यस्ता आवाज र घटिरहने यस्ता घटनाले वर्तमान नेपाली टोलीलाई 'हार्ने छुट' दिएको छैन । एक कोणबाट हेर्ने हो भने वर्तमान एन्फा नेतृत्व आएपछिको राष्ट्रिय टोलीको पहिलो अन्तराष्ट्रिय खेल पनि भएको हुँदा यो खेल नेपाली टोलीको आगामी फुटबल कस्तो हुनेछ भन्ने कुराको 'फर्स्ट लुक' हुने अनुमान छ । वर्तमान एन्फाले खिचेको पहिलो तस्बिर कति 'क्लियर' आउला त्यसको पर्खाइमा फुटबल जगत छ ।

उता बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो । तुलनात्मक रुपमा नेपालभन्दा बंगलादेश राम्रो रिदममा छ भन्न सकिन्छ । बंगलादेशका स्पेनी प्रशिक्षक जाभिएर फर्नान्डेज क्याब्रेराले कम्बोडिया माथिको जित पछि आफ्नो जागिर बचाएका छन् ।  लगातार हारको नतिजा आत्मसाथ गरेपछि प्रशिक्षकको आलोचना भैरहेको थियो । अन्तत: उनि कम्बोडियाविरुद्ध आएको जितले केहि राहत को स्वास फेरिरहेका छन् ।  त्यसैले धेरै संघर्षपछि आएको राहतलाई उनी निरन्तरता दिन चाहन्छन ।

उनले आफ्नो टोलीलाई ४ दिन अघिनै यहाँको वातावरणसँग अभ्यस्त हुनको लागि नेपाल उतारे । पछिल्लो समय उनको खेलशैलीले दक्षिण एसियामा रियल मड्रिडको झल्को दिरहेको छ । स्वाभाविक रुपमा स्पेनी प्रशिक्षक मड्रिडबाट प्रभावित छन । कम्बोडियाविरुद्ध जुन सेटअपमा उनले खेलाए त्यो हेर्दा लाग्छ उनी एक्सपेरिमेन्ट गर्न डराउदैनन । बक्समा कम्प्याक्ट डिफेन्स राखेर काउन्टर र प्रेसिंगमा गोल खोज्ने शैली अपनाएका छन् । बंगलादेशको प्रगति यसैपनि अन्य टोलीको लागि सिख बनिरहेको अवस्थामा यदि नेपालविरुद्ध जित हासिल गर्न सके जाभिएर फर्नान्डेज क्याब्रेरा यहि शैलीमा खेल्ने आफ्नो निर्णयमा ढुक्क हुन सक्छन ।

नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५  खेल बराबरीमा सकिएको छ ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गत वर्षको असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेको थियो । उक्त खेलमा सुमन रोजाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । तर, अन्जन विष्टले पेनाल्टीबाट गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । त्यसको करिब एक वर्षपछि नेपालले बंगलादेशसँग खेल्न लागेको हो । नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई हराएको थियो । थ्री नेसन्स कपमा २०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २-१ ले हराएर उपाधि जितेको थियो ।

जहाँ फुटबल बिकासको योजनामा एन्फा प्रशासन लागातार आलोचना खेप्दै आइरहेको छ त्यहीं बंगलादेश फुटबल संघ मैदान भित्र मात्र होइन मैदान बाहिर पनि सफलता र तारिफ बटुलिरहेको छ । पछिल्लो समय त यूईएफएले समेत बंगलादेशलाई सहयोग गर्न थालेको छ । भर्खरै मात्र युरोपियन फुटबल महासंघले बिएफएफलाई बस लगायत अन्य सुबिधा उपलब्ध गरेको थियो । उनीहरुको महत्वाकांक्षाको एएफसीले समेत प्रशंशा गर्छ । फिफाले उनीहरुको दृढता हेर्दै खेलाडीको फिजकल स्ट्रेन्थ बढाउन न्युट्रिसन् प्रोग्रामहरु बंगलादेशलाई प्रदान गर्दै आइरहेको छ ।

फुटबल विकासको रोडम्यापमा लगातार ओरालो लागिरहेको नेपाल र उकालो चढीरहेको बंगलादेशबीच हुने खेलले दक्षिण एसियाली फुटबलमा भारतपछि दोस्रो स्थानमा कसले पकड राख्ने भन्ने कुराको छिनोफानो हुनेछ । र आउने दिनमा पनि यो प्रतिष्पर्धा जारि नै रहनेछ । तर एउटा यथार्थ के हो भने यदि सबै कुरा यसरि नै अगाडी बढिरह्यो भने बंगलादेशले नेपाललाई धेरै पछाडी छाड्ने निश्चित छ । 

विजयादशमीको शुभकामना ।

Loading ad...
LiNing Ad
नेपालले उकालो चढिरहेको बंगलादेशलाई रोक्न सक्ला ?

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !