लमजुङ । लमजुङको बेसीसहरमा दशैं कप यू-२१ फुटसल प्रतियोगिता सुरु भएको छ ।
लमजुङ फुटसलले आयोजनामा जारी प्रतियोगिताको पहिलो दिन बान्सरले डिवाईसीलाई ३-० ले हराएको छ। बान्सरको जितमा हेमन्त गुरुङले ह्याट्रिक गोल गरे ।
यस्तै राइसिङ बोय्सले बेसीसहर एफसीलाई २-० ले हराएको छ । राइसिङको जितमा दुबै गोल अर्जुन गुरुङले गरे ।
एलजी ग्रुपले पुरनकोटमाथि ७-० को सानदार जित निकाल्यो । एलजीको जितमा विजय गुरुङले ह्याट्रिक गरे । प्रमोद गुरुङले २ र अनिश गुरुङले एक गोल गरे ।
सिमी एफसीले फ्रेन्डसिप एफसीलाई ३-२ ले हरायो । सिमीको जितमा मनराज गुरुङले २ र धिरज तामाङले १ गोल गरे । फ्रेन्डसिका हेम गुरुङ र मिलन गुरुङले १/१ गोल गरे ।
प्रतियोगिताको विजेताले ४० हजार पाउने छन् । यस्तै दोस्रो हुने टोलीले १५ हजार पाउने छन् ।
उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले १ हजार पाउने छन् ।