बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Loading ad...
Bhat Bhateni Supermarket Ad

विकासलाई थप दुई स्वर्ण

शुक्रबार, ०७ आश्विन २०७९खेलपाटी संवाददाता
विकासलाई थप दुई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पौडी संघद्वारा आयोजना गरिएको २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा प्रदेश १ का विकास कुमालले शुक्रबार थप दुई स्वर्ण प्राप्त गरेका छन् । विकासले पहिलो दिनको खेलमा दुई स्वर्ण जितेका थिए ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखी आयोजना गरिएको प्रतियोगिताको दोश्रो दिन कुमालले २०० मिटर ब्यक्तिगत मिड्लेमा २ मिनेट २२.३७ सेकेन्ड र २०० मिटर ब्रेष्टस्ट्रोकमा २ मिनेट ३३.५३ सेकेन्ड समयका साथ दुई स्वर्ण जितेका हुन् । मिड्लेमा बागमतीका सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए । यस्तै ब्रेष्टस्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए ।

५० मिटर ब्याकस्ट्रोकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङले २९.१० सेकेन्ड समयका साथ स्वर्ण जिते । सेनाका अनुभव सुब्बाले रजत र पुलिसका गौरव लामाले कास्य पाए । १०० मिटर फ्रिस्टायलमा पुलिसका सुविज्ञ मान तुलाधरले ५६.२० सेकेन्ड समयमा साथ स्वार्ण हात पार्दा बागमतीका ईरभिन श्रेष्ठ र सेरेन सिंहले क्रमश रजत र कास्य पाए ।  

१०० मिटर ब्याकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङले आफ्नो तथा क्लबका लागि दोश्रो स्वर्ण जिते । उनले १ मिनेट ४.४५ सेकेन्ड समयका साथ दुरी पूरा गरे । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र एपिएफका जेडेन श्रेष्ठले कास्य पाए । ५० मिटर फ्रिस्टायलमा सेनाका अनुभव सुब्बाले २५.७६ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । बागमतीका अल्भिन महर्जन र ईरभिन श्रेष्ठले क्रमशः रजत र कास्य पाए ।

म्हिला ५० मिटर ब्याकमा पुलिसकी आर्या महर्जनले ३५.१९ सेकेन्डका साथ स्वर्ण हात पार्दा प्रदेश १ की सियारा सुभांगी बजगाईले रजत र पुलिसकै समिरा शोभा थापाले कास्य पाए । २०० मिटर ब्रेष्टमा सेनाकी उपास्ती महर्जनले ३ मिनेट ७.७८ सेकेन्डका साथ स्वर्ण हासिल गरिन् । दोश्रो स्थानमा एपिएफकी भैनभी श्रेष्ठ र तेश्रो स्थानमा पुलिसकी सारसी खड्काले कास्य पाईन् । १०० मिटर फ्रिमा सेनाकी अनुशिया तण्डुकारले १ मिनेट १.८५ सेकेन्ड समयका साथ स्वर्ण जित्दा बामतीकी रोशा न्यौपानेले रजत र पुलिसकी समिरा शोभा थापाले कास्य पाईन् ।

१०० मिटर ब्याकमा पुलिसकी आर्या महर्जन, समिरा शोभा थापा र सारसी खड्काले स्वर्ण र रजत पाए । आर्याले उक्त दुरी १ मिनेट १७.५९ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् । ५० मिटर फ्रिस्टायलमा सेनाकी अनुशिया तण्डुरले २८.८८ सेकेन्डका साथ स्वर्ण जित्दा बागमतीका रोशा न्यौपाने र टिशा महर्जनले रजत र कास्य पाए ।

२०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबले १ मिनेट ४३.५७ सेकेन्ड समयका साथ स्वर्ण जित्यो । यस्तै बागमती प्रदेशले रजत र एपिएफले कास्य जित्यो ।

बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पर्यटन, संस्कृती तथा नागरिक उड्यन मन्त्री माननिय जीवन राम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, उपाध्यक्ष ज्योती राणा, महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Loading ad...
LiNing Ad
विकासलाई थप दुई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य