प्रभातफेरीलाई उपाधि
सोमबार, ०३ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रभातफेरी युथ क्लबले दशैं ओपन फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
नागार्जुन फुटसल रानीबनमा भएको फाइनलमा ड्रिमर एफसीलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै प्रभातफेरीले उपाधि जितेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
उपाधिसँगै प्रभातफेरीले ७५ हजार प्राप्त गरेको छ ।
नागार्जुन मल्टीप्रपोज युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको उपविजेताले ३५ हजार प्राप्त गरे ।
ड्रिमरका सुरज गुरुङ उत्कृष्ट खेलाडी बन्दै ३ हजार ५ सय प्राप्त गरे ।

प्रभातफेरीलाई उपाधि







-1763450218248.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)