काठमाडौं । आयोजक निसर्ग बाटिका स्कुलले आठौं निसर्ग पौडी च्याम्पियनसिपमा टिम च्याम्पियनको उपाधि उचाल्न सफल भएको छ ।
आयोजकले ७ स्वर्ण सहित १०१ अंक हासिल गर्दै उपाधी उचालेको हो । यस अघिको संस्करणमा उपाधि उचालेको लिङकनलाई पछि पार्दै आयोजकले उपाधि उचालेको हो ।
स्वस्तीश्री गुरुकुल ६४ अंकका साथ दोश्रो र ५३ अंककाका साथ लिङकन तेश्रो स्थानमा रहे ।
निसर्गको पौडी पोखरीमा भएको प्रतियोगितामा ३५ स्वर्ण पदकका लागि २२ स्कुलका २०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।