काठमाडौं । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै नेपाल पौडी संघले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
असोज ६ देखि ८ गते सम्म आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुला गरि दुई समूहमा प्रतिस्पर्धा गर्न लागिएको संघले जनाएको छ ।
जसमा उमेर समूह तर्फ छात्र र छात्राको फ्रिस्टायल, ब्रेष्ट स्ट्रोक, ब्याक स्ट्रोक र बटरफ्लाईतर्फ चार विधामा यु–१०, यु–१२, यु–१४ र यु–१७ गरि ३२ र खुल्ला महिला तथा पुरुष २०० ईन्डिभिजुअल मिड्ले, ४००, २००, १०० र ५० मिटर फ्रिस्टायल, २००, १०० र ५० ब्रेष्ट, ब्याक र बटरफ्लाई, ४ गुणा १०० मिटर फ्रिस्टायल रिले (टिम मात्र), ४ गुणा १०० मिटर ईन्डिभिडुअल मिड्ले (टिम मात्र) गरि ३२ स्वर्ण सहित कुल ६४ पदकका लागि प्रतिस्पर्धा हुने छ ।
नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने ११ टोलीका खेलाडीहरुको क्षमता अभिबृद्धि गरि उत्कृष्ट नतिजा प्राप्त गर्न यस प्रतियोगिताले सहयोग पुग्ने बिश्वास गरिएको छ ।
प्रतियोगिता नवौंको तयारीको रुपमा समेत लिईएको छ ।