इन्टर कलेज पब्लिक हेल्थ फुटसल हुने
बिहिबार, ०९ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटी आई ओ एएमले अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पब्लिक हेल्थ अध्ययनरत विद्यार्थीको सहभागीता रहने प्रतियोगिता महिला र पुरुषको हुनेछ ।
सामाखुसी फुटसलमा आयोजना हुने प्रतियोगिता भदौ १२ गते हुनेछ ।
'नेपाल भरि रहेका जनस्वास्थ्य विद्यार्थीहरुबीच खेलबाट आत्मियता कायम गराउने उद्देश्यले जनस्वास्थ्य क्याम्पसहरुबीच फुटसल प्रतियोगिता आयोजना गरिएका हो,' कार्यक्रम संयोजक राजु चन्द ठकुरीले बताए ।
प्रतियोगिताको विजेता र उपविजेतालाई नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकका अध्यक्ष प्रकाश अधिकारिले जानकारी दिए ।
इन्टर कलेज पब्लिक हेल्थ फुटसल हुने







-1763450218248.jpg&w=3840&q=75)





-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)