पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ(एक्यान) कास्कीको आयोजनामा राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता हुने भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ कास्कीको आयोजनामा हुने प्रतियोगिता भदौ ३ र ४ गते हुनेछ।
प्रतियोगितामा देशभरिबाट ९ टिमको सहभागिता रहने छ ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री माननीय बिन्दु कुमार थापाले खेलको उद्घाटन गर्नेछन् भने समापन तथा विजयी टिमलाई सम्मान तथा पुरस्कार वितरण पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने छन् ।
एक टिमको दर्ता शुल्क ५० हजार रुपैयाँ रहेको छ ।
विजय टिमलाई पुरस्कार राशी १ लाख रुपैयाँ राखिएको छ । खेलाडीलाई खानेबस्ने व्यवस्था आयोजकले नै गरेको छ ।
खेलमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरेर खेल खेलाइने छ ।
एक्यान कास्कीका अध्यक्ष विवेक श्रेष्ठका अनुसार देशभरबाट २ सय देखि ३ सय चार्टर्ड एकाउन्टेन्स् को टुर्नामेन्टमा सहभागिता हुने छ । स्पोर्टस क्यासल गैह्रापाटनमा खेल हुनेछ ।