मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
  4. /
  5. कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

२०२२ अगस्ट १०, बुधबारहिम बिक्रम केसी

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

काठमाडौं ।  दिर्घबहादुर केसी उर्फ कुमार केसी फुटबल राजनीतिका प्रभावशाली खेलाडी हुन् । एन्फाको पछिल्लो निर्वाचनमा कर्माछिरिङ शेर्पाले चुनाव हारे । उनको प्यानलका अधिकांश पदाधिकारी चुनाव हारेपनि कुमारले भने उपाध्यक्ष पदमा निर्वाचन जिते । एन्फामा बागडोर सम्हाल्न पंकज बिक्रम नेम्वाङ आईपुगेका छन् । उनै नेम्वाङलाई अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष बनाउन भूमिका खेलेका कुमार एन्फाको सत्तामा प्रतिपक्ष समूहको नेता बन्न पुगेका छन् ।

एन्फामा नयाँ कार्यसमिति आएपछि एजेण्डा सहित बैठक बस्न सकेको छैन । चुनाव जितेपछि आ–आफ्ना मान्छे व्यवस्थापन गर्ने द्धन्दले एन्फालाई थप बदनाम मात्र बनाएको छ । फुटबलको एजेण्डा अलपत्र अवस्थामा छन् । उनै कुमारले फुटबलका एजेण्डा कार्यसमिति बैठकमा नआएको भन्दै चार वटा फुटबलका कार्यक्रमलाई एजेण्डाको रुपमा थप गर्न मागनै गरे ।

उनै कुमारसँग एन्फामा देखिएको पछिल्लो विवाद, वर्तमान नेतृत्वसँग सहकार्यको सम्भावना र एन्फा राजनीतिको विभिन्न आयामको विषयमा केन्द्रित खेलपाटीका सम्पादक हिम बिक्रम केसीले कुराकानी गरेका छन् ।

एन्फामा जुन विवाद देखिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षको रुपमा कसरी हेरिरहनुभएको छ ?

एन्फामा नयाँ टिम आएको छ । नयाँ टिमले जुन लक्ष्य, जोश, जाँगर लिएर आएको थियो, फुटबल विकासको विषयमा छलफल होला भन्ने सोचको थिए । तर विषय त्यता तिर गएको देखिदैन । एन्फाको विवाद व्यक्तिवादी जस्तो भयो । आ–आफनो मान्छे कसरी सेट गर्न सकिन्छ, कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नैमै नेतृत्वको ध्यान गएको देखिन्छ । चुनावी रणनीति अनुसार जसरी मान्छे आए, ती मान्छेलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागेको देखियो । हिजोको भन्दा फुटबल कसरी राम्रो गर्न सकिन्छ र घरेलु फुटबललाई कसरी अघि लान सकिन्छ भनेर छलफल हुन पर्ने हो । त्यो विषयमा छलफल भएन ।

आ–आफ्नो मान्छे सेट गर्ने नभएर फुटबलको विषयमा छलफल गरेको भए राम्रो हुने थियो । नेतृत्वलेनै एक किसिमले छलफलमा एजेण्डा ल्याउन पर्ने थियो । कार्यसमितिका सबैसँग एजेण्डा अनुसार छलफल हुन पर्दथ्यो । त्यो छलफल भएन । यसरी फुटबल अघि बढाउ भनेर बैठक अघि पूर्व छलफल हुनुपर्ने थियो । त्यसो नहुँदा अहिलेको समस्या आएको हो ।

अहिले नेपाली फुटबलमा देखिएको ठुलो समस्या के हो ?

फुटबललाई नेपाल सरकारबाट ठुलो सहयोग छैन । फिफा, एएफसीको अनुदानमै फुटबल विकासमा लागिरहेका छौं । त्यो बाहेक विकल्प छैन । करिब ९० प्रतिशत फुटबलको बजेट फिफा र एएफसीबाट चलेको छ । अहिले एन्फालाई एएफसीबाट आर्थिक नाकाबन्दी छ । त्यसलाई कसरी फुकुवा गर्न सकिन्छ र नेपाली फुटबललाई हेर्ने दृष्टिकोण कसरी फरक पार्न सकिन्छ भन्ने दिशामा जान पर्ने हो । फिफा, एएफसीबाट लागेको आर्थिक नाकाबन्दी कसरी फुकुवा गराउने भन्ने पहल तिर नलागेर हामी आन्तरिक व्यवस्थापनमा रुमलियौं ।

एन्फाको संस्थापन पक्षभित्रको आन्तरिक द्धन्द्धको प्रभाव र असर फुटबलमा देखिएको हो ?

स्वभाविक हो ।

पहिलो बैठक अकस्मिक रुपमा बस्यो । दोस्रो बैठकमा पनि फुटबलको एजेण्डा देखिएन । आन्तरिक फुटबल कसरी चलाउने भन्ने तिर एजेण्डानै छैन ।

घरेलु फुटबलको विषय एजेण्डामा आएको भए हुन्थ्यो । त्यो एजेण्डाको रुपमा नआएपछि हामीले थप गर्यौ ।

एन्फाको राजनीतिमा पूर्व अध्यक्ष गणेश थापा प्रभावशाली बनेर फर्किए । यसलाई कसरी हेर्ने ?

हिजो उहाँसँग बसेर फुटबलमा काम गरेको हो । उहाँले फुटबल चलाएको हामीले हेरेका छौं । गणेश थापाले २० वर्ष फुटबल चलाएको त हामीले हेरेका छौं नि । अब फेरी उहाँ फुटबलमा आउँदै गर्दा नेपाली फुटबललाई सहयोग भन्दा असहयोगनै भएको छ ।

एन्फा चलाउने नेतृत्वकै असक्षमताले उहाँलाई फर्किन सजिलो भएको हो कि ?

हाम्रै गल्तीबाट उहाँ फर्किने वातावरण बनेको हो । कतिपय कुरामा हाम्रा कमजोरी भएका होलान् । उहाँलाई जितेरै हामी सबै एन्फामा आएका थियौं । अध्यक्ष, वरिष्ठ सहित अधिकांश नयाँ टिम बनेको थियो । वरिष्ठ उपाध्यक्ष जितेका वर्तमान अध्यक्ष पनि हाम्रै टिममा हो । पछिल्लो समय हामी बिचनै असमझदारी भएका कारण उहाँको प्रभाव बढेको हो।

सबै मिलेर वर्तमान अध्यक्षलाई एक्लो पार्नु भयो है ?

उहाँ कहाँ एक्लै हुनुहुन्छ र ? फुटबल विकासको एजेण्डामा हामीले सहयोग गर्छौ भनिरहेका छौं । अस्तीको बैठकमा पनि उपस्थित भएर अघि बढ्नुस भनेर सहयोगनै गरेका हौ । फुटबल विकासको एजेण्डा आउनुपर्यो । एन्फाको कार्यसमितिमात्र नेपाली फुटबल हैन । कार्यसमिति बाहिर पनि फुटबल छ । सारा फुटबलप्रेमीले हामीलाई हेरिरहेका छन् । राम्रो काम गर्न अल्पमत, बहुमत भन्ने हुदैन ।

वर्तमान अध्यक्ष चुनाव जितेर आएपछि निकै अफठ्यारोमा परेको देखिन्छ । सम्पर्क छ ?

सम्पर्क छैन । तर हामी चाहन्छौं, सम्पर्कमा बसेर छलफल गर्नु राम्रो कुरा हो । फुटबलको विकासका लागि एजेण्डा आयो भने हाम्रो समर्थन रहन्छ । हिजो पनि साफ च्याम्पियनसिप गर्ने भन्ने कुरा भयो । अस्तिको बैठकमा हामीले सहयोग गरेकै हो । अहिले एन्फा आर्थिक संकटमा छ । आर्थिक संकट भैरहेको अवस्थामा एन्फालाई आर्थिक भार हुने गरि नियुक्ति गर्न थालेपछि हामी सहयोग गर्न सक्दैनौं ।

अध्यक्ष प्रस्ट अल्पमतमा देखिनुहुन्छ । तपाईहरु पुरानो सहयात्री पनि हो । एउटै समुह भएर जाने सम्भावना कस्तो छ ?

सहकार्यको सम्भावना त जहिल्यै हुन्छ । सहयोग त हामी गरिहाल्छौं । राम्रो कामका लागि, फुटबल विकासका लागि हाम्रो सहकार्य हुन्छ । र हिजोको दिनमा जसरी उहाँले हरेक काममा विरोध मात्र गर्नुभयो, हामीबाट त्यो हुदैन । गलत कुरा भए हामी नि विरोध गर्छौ । तर हिजोको जस्तो हैन । उहाँले असल नियतले गर्ने कार्यमा हाम्रो सहयोग रहन्छ ।

एउटै समुह बन्ने सम्भावना के छ ?

हामी फुटबलमा आइसकेपछि एउटै समुह हो । उहाँहरु पनि फुटबल विकास गर्न आएको हो । हामीपनि फुटबल विकास गर्न आएको हो । अब समुह भन्ने हुदैन । फुटबलको विकास गर्न हामीलाई फुटबलको सबै पक्षले जितेर पठाएको हो । फुटबल विकासका लागि कुरा गर्न पर्यो । त्यसका लागि हामी सबै तयार हुनुपर्यो ।

अब नेपाली फुटबलको एजेण्डा के बन्न पर्छ ?

हामी अफठ्यारो परिस्थितीमा छौं । नेपाली फुटबललाई निकास दिन हामीले घरेलु फुटबललाई कसरी अघि बढाउने भनेर निर्णय गर्ने बेला आएको छ । एन्फाले मात्र हैन, एन्फा बाहिरबाट पनि फुटबल कसरी अघि बढाउन सकिन्छ भनेर काम गर्न जरुरी छ ।

अन्तिममा एन्फा चुनावको समिक्षा कसरी गर्नुहुन्छ ? यसको सन्देश के हो ?

कतिपय राम्रा काम यसअघिको कार्यसमितिबाट नभएका हैनन् । धेरै राम्रा काम भएका पनि छन् । कतिपय कमी कमजोर पनि भएका होलान् । हिजोको दिनमा अध्यक्षले जुन किसिमले दुख गर्नुभएको थियो, अर्को पटक दोहरिन हक राख्नुहुन्थ्यो कि जस्तो लाग्छ । सचिवालयदेखि अन्य कमीकमजोरीले उहाँले चुनाव हार्नु भयो ।

हिजो हाम्रै कार्यसमितिका वरिष्ठ उपाध्यक्षले नेतृत्वमा जित्नुभएको छ । उहाँलाई के कारणले कमी कमजोरी भयो भन्ने प्रस्ट थाहा छ । उहाँ पनि अहिले त्यही लाइनमा गए जस्तो लाग्छ । अघिल्लो नेतृत्वको कमजोरीबाट उहाँले सिक्नपर्छ । समग्र फुटबल विकासका लागि आएको हो र फुटबल विकासमा केन्द्रित भएर काम गर्छु भनेर लाग्नपर्छ । उहाँले राख्ने फुटबल विकासको एजेण्डामा हामीले सहयोग गरेर जाने हो ।

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’

‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’

Bhat Bhateni
सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड