सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

मंगलबार, २१ चैत्र २०७९नमीन ढकाल
एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा
Loading ad...
mustang rice ad

इलाम ।  नेपालमा गोल्डकप प्रतियोगिताको स्थायित्व छैनन् । एन्फाले क्यालेन्डरमा समावेश गरेका पनि सिमित बाहेकका प्रतियोगिता आयोजना हुन सक्दैनन् । तर स्र्पोटर्स सिटीको उपमा पाएको इटहरीमा आयोजना हुने इटहरी गोल्डकपले भरखरै १३ औ संस्करणको प्रतियोगिता सम्पन्न गर्न सफल रहयो । राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी गोल्डकप सफल पार्न पर्दा पछाडीको भुमिका रहने व्यक्तित्व अनुरोध थापा हुन् ।

प्रतियोगिता संयोजक रहेको थापाको दौडधुप प्रतियोगिता भन्दा १ महिना अघि बाट आर्थिक श्रोत जुटाउनमै हुन्थ्यो । उनी प्रतियोगिताभरी स्टेजमा देखिएनन् प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक श्रोत जुटाउनमै उनको ध्याउन्न हुन्थ्यो । इटहरी गोल्डकपको मेरुदण्ड हुन् थापा । तर यो तर्कसंग उनी सहमत हुन सक्दैनन् । थापा टिमवर्क नै इटहरी गोल्डकपको मेरुदण्ड भएको बताउँछन् । १३ औं संस्करणको इटहरी गोल्डकप र आगामी लक्ष्यका बारेमा थापासँग प्रदेश-१ संयोजक नमीन ढकालले गरेको कुराकानी ।

इटहरी गोल्डकपको परिकल्पना कसरी गर्नुभयो ?

इटहरी गोल्डकप हामीले अरु गोल्डकप जस्तो दानबहादुर गोल्डकप गर्दै गर्दा पछि ठाँउको पहिचानको हिसाबले इटहरी गोल्डकप राखौ भन्ने सल्लाहले निरन्तरता दिने भनेर संचालन गरिरहेको छौ । अहिले १३ औं संस्करण सम्पन्न गरिसकेका छौ ।

१३ औं संस्करण सफल पार्नुभयो तर पनि मोफसलमा फुटबल आयोजना गर्नका लागि के कस्ता कठिनाईहरु छन् ?

मोफसलमा प्रतियोगिता गर्न सबैभन्दा ठुलो आर्थिक पाटो नै हुन्छ । अहिले बजारको स्थिती हेर्दा आर्थिक सहयोग जुटन् नसकिरहेको अवस्थामा स्थानीय सरकार, राष्ट्रिय खेलकुद परिषदबाट निरन्तर भइरहेको गोल्डकपलाई बजेट रेडबुकका उल्लेख गर्दा अलिकती सहज हुन्छ की ? भन्ने छ ।

इटहरीलाई स्र्पोटर्स सिटीको रुपमा समेत विकास भइरहेको छ । फुटबल आयोजक भएको हिसाबले अरु के के गर्नपर्छ जस्तो लाग्छ ?

स्पोटर्स सिटीको लागि भएको पुर्वाधारलाई स्थानीय सरकारले ग्रहण गर्न जरुरी छ । होमवर्क हुँदैछ राखेपबाट स्र्पोटर्स सिटी घोषणा हुने कार्य भइसकेको हो पहिले । अब स्थानीय स्तरबाट स्तरोन्नती गर्दै विकास गरेर अघि बढ्ने हिसाबमा तयारी हुँदैछ । आशा छ चाडै हुन्छ ।

१३ औ संस्करणसम्म कसरी आइपुग्यो । अधिकाँश गोल्डकपहरु बिचमै हराउँछन् ? तपाईहरुसंग त्यस्तो के छ जसले इटहरी गोल्डकपलाई सबल बनाएको छ ?

सबैभन्दा ठुलो टिमवर्कको  योगदान छ । हाम्रो टिम छ राष्ट्रिय जागृति क्लब यहाँको पुरानो संस्था हो । स्थानीय व्यक्ति, उद्योगी, व्यवसायीहरु सबै खाले मानिसहरु अटाएका छन् । स्थानीय सरकारबाट पनि सहयोग भएको छ । राखेपबाट निरन्तर सहयोग भइरहेको छ । प्रायोजकहरुबाट समेत विश्वास पाएकाले निरन्तरता दिन सकिरहेका छौ । हाम्रो टिमका सबै सदस्यहरुले आफ्नो जिम्मेवारी कुशलतापुर्व निर्वाह गरेको कारण नै इटहरी गोल्डकपले पुर्वमा आफ्नो छाप छाडेको छ । सबैको एकता नै इटहरी गोल्डकपको सफलता हो ।

आगामी १४ औ संस्करणमा इटहरी गोल्डकपमा के फरक पाउँछौ ?

१४ औ संस्करणमा केही फरकपन पाउँनुहुन्छ । सहभागी टिमहरुको स्तर समेत बढाउनेछौ । अहिले ८ वटा टिम सहभागि भइरहेकोमा आगामी संस्करणबाट १० पु¥याउने लक्ष्य छ । टिमअप राम्रो भएकाले लक्ष्य पुरा हुनेमा विश्वस्त छु ।

रात्रिकालिन खेलकुदको सम्भावना इटहरीमा कस्तो छ ?

इटहरी स्र्पोटर्स सिटी समेत भएकाले रात्रिकालिन खेलकुदको सम्भावना उच्च छ । पुर्वाधार सहितको प्रादेशिक रंगशाला छ । अहिले फ्ल्र्ड लाइट नभएको कारण रात्रिकालिन खेलकुद यो बर्ष सम्भव भएन् । तर हामी आगामी संस्करण रात्रिकालिन फुटबल गर्दैछौ । प्रदेश सरकारबाट फ्ल्र्ड लाइट व्यवस्थापनको बजेट समेत विनियोजन भएको छ । काम पनि तिव्र गतिमा भइरहेको छ । प्रदेश बोर्डका सदस्य सचिवले १३ औ संस्करणमा आएर फ्ल्र्ड लाइटका लागि आवश्यक श्रोत साधन व्यवस्थापन गर्ने वचन समेत दिनुभएको छ । आगामी संस्करण इटहरीबासीले रात्रिकालिन फुटबल हेर्न पाउने वातावरण तयार भइरहेको छ ।

अन्त्यमा केही भन्नु छ की ?

सबै क्षेत्र प्रायोजक, राखेप, खेलकुद बोर्ड र स्थानीय सरकारबाट राम्रो सहयोगका लागि धन्यवाद दिँदै आगामी बर्ष अझ परिस्कृत प्रतियोगिता लिएर आउने विश्वास दिलाउँछौ । इटहरीलाई चिनाउने माध्यम फुटबल र खेलकुद बनाउने हाम्रो मूख्य लक्ष्य हो ।

Loading ad...
LiNing Ad
एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’

‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी