खड्का मुख्य प्रशिक्षक नियुक्त
शुक्रबार, कार्तिक १५, २०८२खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा हरी खड्का नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले पूर्व कप्तान खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
खड्का एन्फाको टेक्निकल डिरेक्टरको रुपमा कार्यरत थिए ।
केही दिन अघि मात्र विदेशी प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका थिए । उनले एक वर्षको सम्झौता बिचमै छोड्दै राजीनामा दिएका थिए ।
एन्फाले रिक्त रहेको मुख्य प्रशिक्षकको स्थानमा खड्कालाई जिम्मेवारी दिएको हो । पूर्व राष्ट्रिय स्ट्राइकरसमेत रहेका खड्का यसअघि पनि राष्ट्रिय टोलीका प्रशिक्षक रहिसकेका छन्। खड्काको नेतृत्वमा नेपालले अब एएफसी एसियन कप २०२७ को छनोट खेलका तयारी गर्नेछ।












%20(1)-1761905198112.png&w=3840&q=75)

