काठमाडौं । बिग एजुकेसन कन्सल्टेन्सीको आयोजनामा हुने फाइभ 'ए' साइट ओपन फुटसल प्रतियोगिता खेलपाटी डटकमबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।
प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रहेको खेलपाटीले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।
आयोजक बिग एजुकेसन र खेलपाटीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै प्रतियोगिता खेलपाटीको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
एकदिने प्रतियोगिता साउन १४ गते हुनेछ । प्रतियोगिता ललितपुरको इमाडोलस्थित यला फुटसल एण्ड रिक्रिएसन सेन्टरमा हुनेछ ।
खुल्ला प्रतियोगितामा सहभागिता जनाउन ४ हजार दर्ता शुल्क राखिएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेता टिमले नगद ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई फुटसल बुट, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा बिग एजुकेसन कन्सल्टेन्सी रहेको छ । यस्तै इन एसोसियसन विथमा मो बो स्टेसन र हिमालयन जाभा रहेको छ । प्रतियोगिताको मेडिकल पार्टनरमा लियो अल्का क्लब रहेको छ ।