मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

संकटमा नेम्वाङ

बिहिबार, ०५ श्रावण २०७९खेलपाटी संवाददाता
संकटमा नेम्वाङ
Loading ad...
mustang rice ad

काठमाडौं । पूर्व अध्यक्ष गणेश थापाले छोरा गौरवलाई जसरी पनि एन्फामा व्यवस्थापन गर्न खोजेपछि फुटबल संघभित्रको राजनीति ‘पेचिलो’ बनेको छ । भ्रष्टचारको मुद्धामा प्रतिबन्धमा रहेका थापाले छोरा गौरवलाई एन्फामा जसरी पनि व्यवस्थापन गर्ने ‘अड्डी’ कसेपछि सोही समुहबाट चुनाव जितेका अध्यक्ष पंकजबिक्रम नेम्वाङ फुटबल संघ चलाउन नसक्ने अवस्थामा पुगेका छन् । उनै गौरवको बैंक खातामा एएफसीका तत्कालिन अध्यक्ष बिम हमामबाट पैसा आएको देखिएपछि फिफाले थापालाई भ्रष्टचारका मुद्धामा प्रतिबन्धको निर्णय गरेको थियो । उनै गौरवलाई एन्फामा व्यवस्थापन गर्नुपर्ने थापा र उनी पक्षिय एन्फा कार्यसमिति सदस्यको माग छ । गौरवलाई ल्याउँदा अन्तराष्ट्रिय रुपमा एन्फालाई समस्या पर्ने र फुटबल संघमा थापाको प्रभाव बढ्ने भएकाले नेम्वाङ सो निर्णय गराउन मानिरहेका छैनन् ।  

एजेण्डा र सुचना सहित बोलाएको पहिलो बैठक अध्यक्ष नेम्वाङले दुई पटक स्थगित गरेर टारेका छन् । बिना सुचना राखेको पहिलो बैठकमा महासचिवमा किरण राई, कोषाध्यक्षमा रबिन्द्र जोशी र अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा नविन पाँडेलाई नियुक्त गरेर अध्यक्ष नेम्वाङले दुवै पक्ष (गणेश थापा र कर्माछिरिङ शेर्पा)लाई छल्न सफल भएका थिए । तर एजेण्डा सहित दोस्रो बैठक उनले राख्न सकेका छैनन् । साउन २ गते रक्तचाप बढेको भन्दै नेम्वाङले बैठक स्थगित गराए । स्थगित बैठक बिहीबार बिहानलाई राखिएको थियो । बैठक चल्दै गर्दा विवाद बढेपछि नेम्वाङले बैठक छाडेर हिडेका छन् । बैठक स्थगित अवस्थामा छ । नयाँ सुचना जारी गरिएको छैन । 

बिहीबार बिहानै ७ बजे बैठक राखिएको थियो । केही घण्टा ढिला गरि बैठक सुरु भयो । बैठकको पहिलो एजेण्डा रहेको महिला साफको विषयमा छलफल चल्दै थियो । उपस्थितीमा हस्ताक्षर गर्ने विषयमा विवाद देखियो । कर्मा छिरिङ शेर्पा प्यानलबाट चुनाव जितेका सदस्यले माइन्युटको उपस्थितीमा हस्ताक्षर गरे । गणेश थापा निकटका सदस्यले हस्ताक्षर गर्न मानेनन् । आफ्ना एजेण्डामा छलफल नहुने अवस्था देखेपछि थापा पक्षका सदस्यले हस्ताक्षर गर्न आनाकानी गरिरहेका थिए । नविन पाँडेलाई नियुक्ति गर्ने अघिल्लो बैठकको निर्णय सच्चाउन माग गर्दै थापा पक्षका सदस्यले छलफल अघि बढाए । एन्फा बाहिर पाँडेलाई हटाउन माग गर्दै हस्ताक्षर अभियाननै सुरु भैसकेको थियो । त्यसैमा विवाद सुरु भयो । अध्यक्ष नेम्वाङ बैठक छाडेर निस्किए । 

गणेश थापाको सहयोगमा चुनाव जितेर एन्फा पुगेका अध्यक्ष नेम्वाङ फुटबल संघ चलाउन नसक्ने अवस्थामा पुगेका छन् । न उनले थापालाई साथमा लिएर अघि बढ्न सकेका छन्, न त थापाको स्वार्थ पुरा गर्न तयार छन् । यिनै अन्यौलतामा फसेका नेम्वाङले फुटबल संघलाई ‘पेन्डुलम’ अवस्थामा राखेका छन् । एन्फाको कार्यसमितिमा नेम्वाङसँग उपाध्यक्ष दावा लामा मात्र छन् । आफ्नो समुहमात्र हैन, कार्यसमितिमै बहुमत गुमाएका नेम्वाङको नेतृत्व क्षमता परिक्षण नहुँदै संकटमा परेको छ । नविन पाँडेलाई नियुक्ति गर्ने नेम्वाङको निर्णयमा उनकै समुहका अधिकांश कार्यसमिति सदस्य विपक्षमा उभिएका छन् । त्यसमा शेर्पा प्यानलबाट चुनाव जितेका भरतबुढ थापा र टीका लामाको समेत हस्ताक्षर छ । नेम्वाङ प्यानलबाट चुनाव जितेका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का, उपाध्यक्ष दिपक खतिवडा, सदस्य महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, पुरुषोत्तम थापा, भोजराज शाही, रबिन्द्र चन्द, अनिल मल्ल, सरिला श्रेष्ठनै पाँडेलाई बर्खास्त गर्न र गणेश थापाका छोरा गौरवलाई प्रमुख कार्यकारी अधिकृत (सिईयो) वा सहायक महासचिवमा नियुक्त गर्न सहमत छन् ।

आफ्नै समुहबाट विश्वास गुमाएका नेम्वाङले एन्फा अब कसरी चलाउछन् चासोको विषय बनेको छ । विपक्षमा रहेका शेर्पा समुह तत्काल नेम्वाङसँग सहकार्य गर्ने ‘मुड’मा छैन । शेर्पाकै समर्थन पाएपनि तत्काल नेम्वाङको बहुमत पुग्ने अवस्था देखिदैन । एन्फाभित्रको शक्ति संघर्षले अध्यक्ष नेम्वाङको रक्तचाप मात्र बढेको छैन, फुटबलको विवादपनि उत्कर्षमा पुर्याएको छ । 
 

Loading ad...
LiNing Ad
#संकटमा नेम्वाङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन