नमुनालाई उपाधि
1657811434.jpg&w=3840&q=75)
काठमाडौं । नमुना फुटसलले प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।
एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नमुनाले मनासलु वल्र्ड कलेजलाई ३–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि कविन्द्र तामाङले २ तथा समिर गुरुङले १ गोल गरे । मनासलुका कविर तामाङले सान्त्वना गोल गरे । उपाधिसंगै नमुनाले ३० हजार नगद पुरस्कार पायो भने मनासलुले २० हजार नगद पुरस्कार प्राप्त गर्यो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा भएको प्रतियोगितामा मनासलुका विश्वास घले उत्कृष्ट खेलाडी घोषित भए । नमुनाका सञ्जय तामाङ उत्कृष्ट गोलरक्षक चुनिए ।
विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लिग कम नकआउट आधारमा भएको प्रतियोगितामा ३० टिम सहभागी थिए ।
पहिलो हुनेलाई १०० प्रतिशत, दोश्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत प्लस २ अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


