काठमाडौं । नासिर याह्या हुसेन र निभा मास्केले १० औं संस्करणको एनएसएकप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा पहिलो दिन दोहोरो स्वर्ण पदक जितेका छन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार नासिरले २०० मिटर ईडिभिजुअल मिड्ले र १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पारे । निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायलमा स्वर्ण जितेकी हुन् ।
नेपाल पौडी संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेको पुरुषमा नासिरले निर्धारित दुरी २ मिनेट १८.५९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे ।
यहि स्पर्धामा सेरेन सिंह २ मिनेट २९.८९ सेकेन्डमा पूरा गर्दै दोश्रो र २ मिनेट ३४.४१ सेकेन्डका साथ विकास कुमाल तेश्रो भए ।
महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेमा डुवाना लामाले स्वर्ण जितिन् । लामाले उक्त दुरी २ मिनेट ३७.१७ सेकेन्डका साथ स्वर्ण जितेकी थिईन् । यस्तै सो स्पर्धामा निभा मास्के २ मिनेट ४०.२१ सेकेन्डका साथ दोश्रो र सियरा सुभाङ्गी बजाज ३ मिनेट १.७४ सेकेन्डका साथ तेश्रो रहे ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण जितिन् । उनले ३५.९० सेकेन्डमा दुरी पूरा गरेकी हुन् । यस्तै दोश्रो स्थानमा ३७.९६ सेकेन्डका साथ रोयल प्रजापती र ३८.११ सेकेन्डका साथ आर्या महर्जन तेश्रो भईन् ।
पुरुषतर्फ तेन्जिङ नामदोल रायन गुरुङ ३१.६१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा अनुभव सुब्बा रहे । उनले ३२.४२ सेकेन्डमा दुरी पूरा गरे । यस्तै ३३.९८ सेकेन्डका साथ गौरभ लामा तेश्रो भए ।
महिला १०० मिटर फ्रिस्टायलमा डुवाना लामालाई पछाडी पार्दै निभा मास्केले स्वर्ण हात पारिन् । निभाले उक्त दुरी १ मिनेट २.८७ सेकेन्डमा पूरा गरे । डुवानाको समय १ मिनेट ३.७८ सेकेन्डमा पूरा गरिन् । तेश्रो स्थानमा अनुसिया तण्डुकार रहिन् । उनले १ मिनेट ५.१७ सेकेन्डमा दुरी पूरा गरिन् ।
पुरु तर्फ नासिर याह्या हुसेनले ५५.८१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा रहेका अनुभव सुब्बाले ५८.३० सेकेन्डमा र तेश्रो स्थानमा रहेका सुविग्य मान तुलाधरले ५८.३७ सेकेन्डमा दुरी पूरा गरे ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।