काठमाडौं । बिग एजुकेसन कन्सल्टेन्सीको आयोजनामा आगामी साउनमा ५ 'ए' साइट ओपन फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजकले सोमबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता साउन १४ गते हुने जानकारी गराएको छ ।
प्रतियोगिता ललितपुरको इमाडोलस्थित यला फुटसल एण्ड रिक्रिएसन सेन्टरमा हुनेछ । खुल्ला प्रतियोगितामा सहभागिता जनाउन ४ हजार दर्ता शुल्क राखिएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेता टिमले नगद ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई फुटसल बुट, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा बिग एजुकेसन कन्सल्टेन्सी रहेको छ ।
यस्तै इन एसोसियसन विथमा मो बो स्टेसन र हिमालयन जाभा रहेको छ ।
प्रतियोगिताको मेडिकल पार्टनरमा लियो अल्का क्लब र मिडिया पार्टनरमा खेलपाटी डटकम रहेको छ ।