काठमाडौं । फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले भारतलाई हराएको छ ।
मुलपानी क्रिकेट मैदानमा सोमबार नेपालले भारतलाई १ विकेटले हराएको हो ।
अन्तिम खेलमा जित निकालेपनि नेपालले तीन खेलको सिरिज २-१ ले जितेको छ ।
नेपाल ह्व्लिचेयर क्रिकेट संघको आयोजनामा भएको सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा भारत १२ रनले विजयी भएको थियो ।
आइतबार भएको दोस्रो खेलमा भारतले नेपाललाई ७७ रनले हराएको थियो ।
भारतले दिएको ९१ रनको लक्ष्य नेपालले १९ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि डम्बर बहादुर राना मगरले २३ रनको योगदान दिए ।
यस्तै कुन्ज बिहारी चौधरीले २० रन जोडे ।
भारतका अरुण गिरि र सायद शाह अजिजले ३/३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले १८ ओभर ४ बलमा अलआउट हुँदै ९० रन जोडेको थियो ।
भारतका अरुण गिरि र जामिर पाथनले समान १७/१७ रन जोडे । सायद शाह अजिजले १२ रन बनाए ।
नेपालका सुमन बरालले ४ तथा राहुल कुमारले २ विकेट लिए ।