काठमाडौं । भारतले नेपालविरुद्धको तीन खेलको फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज एक खेल अगाबै जितेको छ ।
मुलपानी मैदानमा आइतबार भएको दोस्रो खेलमा नेपाललाई ७७ रनले हराउँदै भारतले सिरिज जितेको हो ।
नेपाल ह्व्लिचेयर क्रिकेट संघको आयोजनामा भएको सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा भारत १२ रनले विजयी भएको थियो ।
भारतले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा अलआउट हुँदै ६८ रन मात्र बनायो ।
नेपालका विवेक शर्माले सर्वाधिक ११ रन जोडे ।
भारतका मनि भननले ५ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो ।
भारतका शाहल हामेदले ५५ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै सायद शाह अजिजले ५४ रनको अर्धशतकीय इनिङ खेले ।
नेपालका मनोज थापाले दुई विकेट लिए ।