बेसीशहरमा महिला फुटसल हुने
शुक्रबार, २७ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । लमजुङ जिल्लाको बेसीशहरमा प्रथम महिला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
लमजुङ फुटसलको आयोजनामा हुने प्रतियोगिता असार १८ र १९ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउने आयोजकले जनाएको छ ।
यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरले १५ सय नगदसहित ट्रफी पाउने छन् ।
उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
बेसीशहरमा महिला फुटसल हुने






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)



-1765627825694.jpeg&w=3840&q=75)



