नाल्मालाई पालिका वडा स्तरीय फुटसलको उपाधि
मंगलबार, जेठ २४, २०७९मनोज थापा (हिमालयन मनोज)
बेसीसहर । लमजुङ बेसीसहरमा आयोजना भएको पालिका वडा स्तरीय फुटसल प्रतियोगिताको उपाधि नाल्माले जितेको छ ।
लमजुङ फुटसलमा मंगलबार भएको फाइनलमा हिलेलाई टाइब्रेकरमा ३-२ ले हराएर नाल्मा च्याम्पियन बनेको हो। खेलको निर्धारित समय ५-५ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो ।
त्यसअघि पहिलो सेमीफाइनलमा नाल्माले दोर्दीलाई ६-३ ले पराजित गरेको थियो ।
उपाधसँगै नाल्माले ७० हजार प्राप्त गरेको छ । उपविजेता हिलेले ३० हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी नाल्माका विजय गुरुङ घोषित भए ।
नाल्मालाई पालिका वडा स्तरीय फुटसलको उपाधि






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


