पालिका वडा स्तरीय फुटसलको सेमिफाइनल समीकरण पूरा
सोमबार, जेठ २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेसीसहरमा जारी पालिका वडा स्तरीय फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
लमजुङ फुटसलमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा नाल्माले ढगैलाई ७-२ को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।
दोस्रो क्वाटरफाइनलमा दोर्दीले उत्कृष्ट पुनरागमन गर्दै ५-३ को जितसहित सेमिफाइनलमा स्थान बनाएको छ ।
तेस्रो क्वाटरफाइनलमा हिलेले दुधपोखरीलाई ७-१ गोलले हराएर अन्तिम चारको यात्रा तय गर्यो ।
यस्तै अन्तिम क्वाटरफाइनलमा नवथरले उदीपुर युवा क्लबलाई ७-५ गोल अन्तरले पराजित गर्यो ।
अब पहिलो सेमिफाइनलमा नाल्माले दोर्दीसँग खेल्नेछ । हिलेले नवथरसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले ७० हजार प्राप्त गर्ने छन् ।
यस्तै दोस्रो हुने टोलीले ३० हजार पाउने छन् ।
उत्कृष्ट खेलाडीले २५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पालिका वडा स्तरीय फुटसलको सेमिफाइनल समीकरण पूरा






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


