काठमाडौं । लमजुङको बेसीसहरमा आयोजना भएको संघ, प्रदेश र स्थानीय तहबीचको प्रथम फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले जितेको छ ।
लमजुङ फुटसलमा आइतबार भएको फाइनलमा लमजुङ बैंकर्सलाई १०-० गोल अन्तरले हराउँदै बेसीसहर च्याम्पियन बनेको हो ।
बेसीसहरको जितमा बिशाल मरौतीले ५ गोल गरे । ईश्वर अधिकारीले ४ गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
प्रतियोगितामा ईश्वर अधिकारी सर्वाधिक गोलकर्ता चुनिए । सुरेश थापा उत्कृष्ट खेलाडी र अविशेक बराल उत्कृष्ट गोलकिपर चुनिए ।
प्रतियोगिताको विजेताले खसी, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै दोस्रोले बोका मेडल र प्रमाणपत्र पाएका छन् ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनीयर्स नेपाल ( सिडेन) स्थानिय केन्द्र लम्जुङको आयोजनामा भएको प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि भेष बहादुर पौडेल, लम्जुङ जिल्ला, नेपाली कांग्रेस निवर्तमान अध्यक्ष ई.लक्मण केसी, सिडेन केन्द्रका निवर्तमान अध्यक्ष लगायतले पुरष्कृत गरेका थिए ।