नाल्मा र दुधपोखरीको जित
शनिबार, जेठ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेसीसहरमा जारी पालिका वडा स्तरीय फुटसल प्रतियोगितामा नाल्मा, दुधपोखरी, हिले र ढगैले जित निकालेका छन् ।
लमजुङ फुटसलमा शनिबार नाल्माले वडा न.१० लाई १०-२ गोलले पराजित गर्यो ।
दुधपोखरीले टाईब्रेकरमा वडा न. ९ लाई ३-२ ले पराजित गर्यो । खेल ३-३ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको थियो ।
यस्तै सुन्दरबजार ७ लाई ७-२ को अन्तरले पराजित गर्दै हिलेले अर्को चरणमा स्थान बनाउदा ढगैले सुन्दर बजार (बी) लाई ५-४ ले हराएको छ ।
दुई दिने प्रतियोगिताको विजेताले ७० हजार प्राप्त गर्ने छन् ।
यस्तै दोस्रो हुने टोलीले ३० हजार पाउने छन् ।
उत्कृष्ट खेलाडीले २५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ ।
नाल्मा र दुधपोखरीको जित






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


