काठमाडौं । ह्विल चेयर क्रिकेट संघको आयोजनामा हुने नेपाल–भारत टी–२० फिजिकल च्यालेन्च क्रिकेट सिरिजको प्रायोजकको रूपमा सेञ्चुरी बैंक जोडिएको छ।
शारीरिक अपाङ्गता भएका क्रिकेट खेलाडीको सिरिजलाई सेञ्चुरी बैंकले प्रायोजन गरेको हो ।
शुक्रबार सेञ्चुरी विकास बैंकका ब्रण्डिङ म्यानेजर स्वस्तिक सुवेदी र प्रतियोगिताका टेक्निकल हेड रविन्द्र गुप्ताबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
व्हील चेयर क्रिकेट संघका अध्यक्ष छुल्टीम शेर्पाले सेञ्चुरी बैंक परिवारलाई यस प्रतियोगितामा दिनु भएको सहयोगप्रति हार्दिक आभार प्रकट गरे ।
सेञ्चुरी बैंकका ब्रण्डिङ म्यानेजर स्वस्तिक सुवेदीले अपाङ्गता भएका व्यक्तिबीच हुने यस प्रतियोगितामा आफूले सामाजिक दायित्व पुरा गरेको र सबैले यसमा सहयोग गर्नुपर्ने धारणा राखे ।
नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिबीच हुने खेल आगामी जेठ २७, २८ र २९ गते हुदैछ ।
अपाङ्गता भएका व्यक्तिलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले बताएका छन् ।