काठमाडौं । व्हीलचेयर क्रिकेट संघको आयोजनामा हुने नेपाल-भारत टी-ट्वान्टी क्रिकेटसँग गरिमा विकास बैंक जोडिएको छ ।
मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रायोजकको रुपमा गरिमा बैंक जोडिएको हो ।
गरिमा विकास बैंकका सिइओ गोविन्द प्रसाद ढकाल र प्रतियोगिताका टेक्निकल हेड रविन्द्र गुप्ताबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापछि व्हील चेयर क्रिकेट संघका अध्यक्ष छुल्टीम शेर्पाले गरिमा विकास बैंक परिवारलाई यस प्रतियोगितामा दिनु भएको सहयोगप्रति हार्दिक आभार प्रकट गरे ।
बैंकका सिइओ ढकालले अपाङ्गता भएका व्यक्तिहरूबीच हुने यस प्रतियोगितामा आफूले सामाजिक दायित्व गरेको र उनीहरुलाई सम्पूर्णले साथ दिनु पर्ने बताए ।
नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच हुने खेल आगामी सन् २०२२ जुन १०–१२ मा हुने आयोजक संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले बताए ।