सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

चुनावमा ‘चलखेल’

सोमबार, १६ जेठ २०७९खेलपाटी संवाददाता
चुनावमा ‘चलखेल’

एन्फा चुनावको मुखमा आयोजित गणेश थापाको पत्रकार सम्मेलन । फोटो : खेलपाटी

Classic Tech Internet Ad

काठमाडौं । एन्फाको चुनावी रौनक सुरु भैसकेको थिएन । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक गुरुङ (मनाङे)  काम विशेषले काठमाडौं आएका थिए । उनै मनाङेलाई भेट्न पुगेका थिए, एन्फाको पूर्व अध्यक्ष गणेश थापा । निकै जोडबलले भेट्न राजी भएका मनाङेसँग थापाले एन्फाको आसन्न चुनावमा केन्द्रित रहेर छलफल गरे । सहयोग मागे । गण्डकी प्रदेशमा राम्रो प्रभाव रहेका मनाङेलाई थापाको प्रस्ताव थियो, ‘कसलाई उठाउने तपाईनै भन्नुस, तर एन्फाको नेतृत्व बदल्न पर्यो ।’

भ्रष्टचारको आरोपमा फिफाबाट प्रतिबन्धमा परेका गणेश थापाको चुनावी सक्रियता देखाउने यो एउटा प्रतिनिधि घटनामात्र हो । फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरि फिफाबाट १० वर्षको प्रतिबन्धमा परेका गणेश थापा एन्फा नेतृत्वबाट बाहिरिएका थिए । तर एन्फाको आन्तरिक र बाह्य राजनीतिलाई प्रभावित बनाउने उनको सक्रियतामा कमी भएको छैन । 

दैनिकजसो सामाजिक सञ्जालदेखि भेटघाटमार्फत फुटबल राजनीतिमा सक्रिय रहेको सन्देश दिने गणेश थापाले चुनावको मुखमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । एन्फामा चुनावी प्रक्रिया चल्दै गर्दा थापाले आफुमाथि झुटा मुद्धा लगाउने एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग गर्दै राखेपमा समेत पत्र दर्ता गराएका छन् । 

थापाले ५४ करोड रुपैयाँको भ्रष्टचारको आरोप लगाउने वर्तमान नेतृत्वलाई आरोप पुष्टि गर्न चुनौती दिने गरेका छन् । भ्रष्टाचारको आरोपमा सार्वजनिक लेखा समितिले छानविन गरेर आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई निर्देशन दिएको थियो । अख्तियारले प्रमाण नपुगेको भन्दै थापाको मुद्धालाई तामेलीमा राख्ने निर्णय गरेको थियो ।

थापाले आफु निर्दोष भएको दाबी गर्दै एन्फाको वर्तमान नेतृत्वले आरोप पुष्टि गर्नुपर्ने बताउने गरेका छन् । तर एएफसीका तत्कालिन अध्यक्ष मोहम्मद बिन हमामले छोरा गौरव थापाको ब्यक्तिगत खातामा हालेको १ लाख डलरमा भने थापाले मौनता देखाउँदै आएका छन् । सोही कारोबारमा दोषी देखाउँदै फिफाले थापालाई १० वर्षको फुटबल प्रतिबन्ध लगाएको थियो । फिफाको कारबाहीविरुद्ध थापा खेलकुदको सर्वोच्च अदालत ‘कोर्ट अफ आर्बिटेसन’मा अपिल गर्न सक्ने, तर उनी अदालती प्रक्रियामा गएनन् ।

रूपन्दही जिल्ला फुटबल संघका एक पदाधिकारी चुनावको मुखमा पूर्व अध्यक्ष थापाले भ्रष्टाचारको मुद्धालाई ‘चुनावी प्रोपागान्डा’ बनाउन खोजेको बताउँछन् ।  ‘करिब ६ वर्ष उहाँ चुप जस्तै बन्नु भयो । तर चुनावको मुखमा भ्रष्टचारको मुद्धालाई चलखेल गर्ने हतियार बनाउन खोज्नुभएको छ ।’ उनले भने । 

एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुदैछ । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा सहित वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् । पूर्व अध्यक्ष थापा जिल्ला तथा क्लबका पदाधिकारीसँग भेट गरि नेम्वाङ्ग प्यानलको पक्षमा भोट मागिरहेका छन् । 

‘भेटका लागि बोलाउनु भएको थियो । नेतृत्व परिवर्तमा सहयोग गर्न आग्रह गर्नुभयो । वर्तमान अध्यक्षलाई कुनै पनि हालतमा हराउने कसरतमा देखिनुहुन्छ ।’ ए डिभिजन क्लबका एक मताधिकार प्रतिनिधिले खेलपाटीसँग भने । 

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र उनको समुहका कारण आफु बदनाम भएको र एन्फा नेतृत्वबाट बाहिरिनुपरेको पिडा थापामा देखिन्छ । एन्फाको आसन्न निर्वाचनमा शेर्पालाई हराएर बदला लिने कोशिशमा थापा छन् । शेर्पासँग असन्तुष्ट रहदै बाहिरिएका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ बेग्लै समुह बनाएर चुनावी प्रतिस्पर्धामा छन् । आफु निकटका जिल्ला फुटबल संघ र क्लबलाई नेम्वाङ प्यानलमा राखेर चुनावी चलखेलमा थापा देखिएका छन् । 
 

Bajaj Pulsar Motorcycle Ad
#चुनावमा चलखेल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
नेपालको फिफा वरीयता सुध्रिएन

नेपालको फिफा वरीयता सुध्रिएन

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

सेमिफाइनलमा सलहेश

सेमिफाइनलमा सलहेश

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने