काठमाडौं । चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको छनोट प्रतियोगितामा नेपालकी रञ्जना धामीले कास्य पदक जितेकी छिन् ।
युएईको सारजाहमा महिला ४७ केजी मुनिको के-४४ क्याटगोरीमा धामीले कास्य पदक जितेकी हुन् ।
धामी सेमिफाइनलमा काजकिस्तानकी मिलानासँग १८-१६ अंकले पराजित भईन् ।
कास्य पदक जितेपनि धामी एसियन गेम्सका लागि छनोट भईनन् । स्वर्ण र रजत विजेता एसियन गेम्सका लागि छनोट भएका छन् ।
यस्तै के-४४ तर्फ ५८ केजी मुनि नेपालका राम अधिकारी इराकका अब्बास हुसेनसँग ३७-३३ अंकले पराजित भए ।
छनोट प्रतियोगिताका लागि २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली सारजाह गएका थिए ।
टोली प्रमुखमा रामचन्द्र श्रेष्ठ र प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन् ।
पारा ओलम्पियन पलेशा गोबर्दन र सिर्जना घिसिङ विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिए ।