लमजुङ फुटसलले वडा स्तरीय फुटसल गर्ने
मंगलबार, जेठ १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । लमजुङ फुटसलले बेसीसहरमा पालिका वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिता जेठ २१ र २२ गते आयोजना हुने आयोजकले जनाएको छ ।
दुई दिने प्रतियोगिताको विजेताले ७० हजार प्राप्त गर्ने छन् ।
यस्तै दोस्रो हुने टोलीले ३० हजार पाउने छन् ।
उत्कृष्ट खेलाडीले २५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ । दुई हजार पाँच सय )
प्रतियोगितामा सहभागिता जनाउन जेठ २० गतेसम्म नाम दर्ता गराउनु पर्नेछ ।
दर्ता शुल्क ८ हजार राखिएको छ ।
यस्तै एकै वडाबाट ३ टोली भएका एक टोलीलाई निशुल्क दर्ता गरिने आयोजकले जनाएको छ ।
यस अघि लमजुङ फुटसलले यू-१८ फुटसल प्रतियोगिता आयोजना गरेको थियो ।
लमजुङ फुटसलले वडा स्तरीय फुटसल गर्ने






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


