काठमाडौं । व्हीलचेयर क्रिकेट संघको आयोजनामा हुने नेपाल-भारत टी-ट्वान्टी क्रिकेटसँग इन्टरनेट कम्पनि वर्ल्डलिंक जोडिएको छ।
मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा इन्टरनेट पार्टनरको रुपमा वर्ल्डलिंक जोडिएको हो ।
वर्ल्डलिंकका काँडाघारी शाखाका ब्रान्च म्यानेजर नवीन पौडेल र प्रतियोगिताका अम्पायर रविन्द्र गुप्ताबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।
संघका अध्यक्ष छुल्टीम शेर्पाले वर्ल्डलिंकलाई यस प्रतियोगितामा दिएको सहयोगप्रति हार्दिक आभार प्रकट गरे ।
ब्रान्च म्यानेजर नवीन पौडेलले अपाङ्गता भएका व्यक्तिहरूबीच हुने यस प्रतियोगितामा आफूले सामाजिक दायीत्व गरेको र उहाहरुलाई सम्पूर्णले साथ दिनु पर्ने बताए ।
नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच हुने खेल जुन १० देखि १२ सम्म हुनेछ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले जानकारी गराए ।