काठमाडौं । नेपालका ४ जना खेलाडीले भारतमा आयोजना हुने इन्डियन ह्वीलचेयर प्रिमियर लिग खेल्ने भएका छन् ।
तेस्रो संस्करणको प्रतियोगितामा नेपालका ४ खेलाडीले खेल्ने नेपाल ह्वीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पाले जानकारी दिए।
प्रतियोगितामा नेपालका सागर पाण्डे, दान बहादुर थिङ,रमेश खत्री र विष्णु पुकार श्रेष्ठले खेल्नेछन् ।
प्रतियोगितामा आठ टिमको सहभागिता हुनेछ ।
'चार जना खेलाडीहरु काठमाडौंमा आयोजना भएको एशिया कप खेलिसकेको खेलाडीहरु हुन उहाँहरुसँग राम्रो क्षमता छ । हामीले विगतमा पाकिस्तानमा आयोजना भएको लिगमा पनि तीन जना खेलाडीहरुलाई सहभागिता गराएका थियौं। खेलाडीहरु वैदेशिक लिगमा सहभागिताको मौका पाउनु राष्ट्रकै लागि गौरबान्तित कुरा हो,' अध्यक्ष शेर्पाले भने ।
नेपाली पारा क्रिकेट खेलाडीहरुसँग धेरै क्षमता रहेको र राष्ट्र र सम्बन्धित निकायहरुले त्यस्ता खेलाडीहरुलाई साथ दिए आउने दिनमा अझै राम्रो हुने शेर्पाले बताए ।