काठमाडौं नेपाल ह्विलचेयर क्रिकेट संघको आयोजनामा नेपाल र भारतबीच टी-ट्वान्टी क्रिकेट सिरिज हुने भएको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपाल र भारतका शारीरिक अपाङ्गता भएका भएका व्यक्तिहरूबीच सिरिज हुने भएको हो ।
सिरिज आगामी जुन १० देखि १२ सम्म आयोजना हुने ह्विल चेयर क्रिकेट संघका अध्यक्ष चुल्ठिम शेर्पाले जानकारी गराए ।
अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि सिरिज गर्न लागेको शेर्पाले जानकारी दिए ।
भारत बंगलादेशमा आयोजना भएको फोर नेसन्स कपको उपविजेता टोली हो । नेपाल लिग चरणबाट बहिरोएको थियो ।
'यस प्रतियोगिताले खेलाडीको वृद्धि विकास गर्न ठूलो मद्दत पुर्याउँछ । प्रतियोगताका लागि सम्पूर्ण सम्बन्धित निकाय र प्रायोजकलाई सहयोग गरिदिनुहुन आह्वान गर्छु,' अध्यक्ष शेर्पाले भने ।