काठमाडौं । लमजुङ फुटसलले आयोजना गरेको यू-१८ फुटसल प्रतियोगिताको उपाधि सामना युथ क्लबले जितेको छ ।
मंगलबार भएको फाइनलमा न्यु आदर्श क्लबलाई ९-१ ले हराउँदै सामना च्याम्पियन बनेको हो ।
सामनाको जितमा लक्ष्मण मगरले ५ गोल गरे । यस्तै विवेक श्रेष्ठले ३ गोल र राम मगरले १ गोल गरे । न्यु आदर्शका कविन्द्र खड्काले एक गोल फर्काए ।
उपाधिसँगै सामनाले ५० हजार र उपविजेता न्यु आदर्शले २० हजार प्राप्त गरेको छ ।
सामनाका विवेक श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । उनले २ हजार ५ सय प्राप्त गरे ।
विजेतालाई प्रमुख अतिथि तथा त्रिवेणी क्लबका अध्यक्ष विनोद गुरुङले पुरस्कृत गरे ।