उपाधिका लागि न्यु आदर्श र सामना युथ भिड्ने
सोमबार, बैशाख २६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । लमजुङमा यू-१८ फुटसल प्रतियोगिताको उपाधिका लागि न्यु आदर्श र सामना युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
लमजुङ फुटसलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा न्यु आदर्शले जेवाईसी सुन्दरबजारलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्यो । खेल २-२ गोलको बराबरी भएपछि पेनाल्टीमा गएको थियो।
दोस्रो सेमिफाइनलमा सामनाले मुन स्टार एफसीलाई ५-० ले हराएर न्यु आदर्शसँगको भेट पक्का गरेको हो ।
फाइनल खेल मंगलबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार पाउने छन् ।
उत्कृष्ट खेलाडीले २ हजार ५ सय पाउने आयोजकले जनाएको छ।
उपाधिका लागि न्यु आदर्श र सामना युथ भिड्ने






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


