काठमाडौं । लमजुङमा यू-१८ फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
लमजुङ फुटसलको आयोजना भएको प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो क्वाटरफाइनलमा जेवाईसी सुन्दरबजारले बिवाईएस शेरालाई पेनाल्टी सुटआउटमा ७-६ ले पराजित गर्यो ।
निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
दोस्रो क्वाटरफाइनलमा मुनस्टार एफसीले एसवाईसीलाई ३-१ ले पराजित गरेको छ ।
तेस्रो क्वाटरफाइनलमा सामना युवा क्लबले सिद्धार्थ क्लबलाई ३-१ ले पराजित गरेको छ । अन्तिम खेलमा न्यु आदर्श क्लबले अजम्बरी युथ क्लबलाई १०-२ गोल अन्तरले हराएको छ ।
अब जेवाईसी सुन्दरबजारले अन्तिम चारमा न्यु आदर्शसँग खेल्नेछ । यस्तै मुनस्टारले सामना युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार पाउने छन् ।
उत्कृष्ट खेलाडीले २ हजार ५ सय पाउने आयोजकले जनाएको छ।