बेसीसहर र समृद्धिको विजयी सुरुआत
शुक्रबार, बैशाख २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । लमजुङमा यू-१८ फुटसल प्रतियोगिता सुरु भएको छ ।
लमजुङ फुटसलको आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा समृद्धि गुफा क्लबले बन्सार एकता क्लबलाई ३-१ गोल अन्तरले हराएको छ ।
यस्तै दोस्रो खेलमा जेएमडीले हिले बजार युवा क्लबलाई टाइब्रेकरमा ३-२ ले हराएको छ । खेल २-२ गोलको बराबरीमा भएपछि टाइब्रेकरबाट निर्णय भएको हो ।
अर्को खेलमा बेसीसहर युथ सोसाइटीले भिम्दा एफसीलाई ४-२ गोल अन्तरले हराएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार पाउने छन् ।
उत्कृष्ट खेलाडीले २ हजार ५ सय पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मिडिया पार्टनरमा खेलपाटी डटकम रहेको छ ।
बेसीसहर र समृद्धिको विजयी सुरुआत






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


