ब्राइट फ्युचरमा फुटसल बिहीबारबाट

काठमाडौं । ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस २ को आयोजनामा प्रथम ब्राइट फ्युचर एसइइ कप फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २५ छात्र टिमको सहभागिता रहने ब्राइट फ्युचरका अध्यक्ष मोहन कार्कीले जनाएका छन् । यु–१७ उमेरसूहको प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ।
विजेता टोलीका खेलाडी र विधागत उत्कृष्टलाई ब्राइट फ्युचरमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस २ का प्रमुख श्याम महर्जनले जानकारी गराए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने बताइएको छ । तीनदिने प्रतियोगिताका खेलहरु नैकापस्थित आफ्नै हातामा हुने छ ।






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


