स्वदेश फर्किए फुटसल टिम

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट खेल्न किर्गिस्तान पुगेको नेपाली राष्ट्रिय फुटसल टोली स्वदेश फर्किएका छन् ।
नेपाली टोली बुधबार साँझ स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई राष्ट्रिय फुटबल टिमका टिम म्यानेजर मधुसुदन उपाध्यायले स्वागत गरेका थिए ।
बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आयोजना भएको छनोटमा नेपाल जित विहीन बनेको थियो। नेपालले खेलेको तीनै खेलमा हार व्यहोरेको थियो ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११-१ ले स्तब्ध भएको थियो।
अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८-१ गोल अन्तरले पराजित भएको थियो।
यस समूहबाट उज्वेकिस्तान र ताजिकिस्तान एसिया कपमा छनोट भएको छ ।
उज्वेकिस्तान शीर्ष स्थानमा रहदै र ताजिकिस्तान दोस्रो स्थानमा रहेर एसिया कपमा पुगेको हो ।






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


