न्युज २४ लाई मिडिया कपको उपाधि
मंगलबार, चैत २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । न्युज २४ टेलिभिजनले प्रथम मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको फाइनलमा नेपाल पत्रकार महासंघको ललितपुर शाखालाई ५-२ गोल अन्तरले हराउँदै न्युज २४ ले उपाधि जितेको हो ।
उपाधिसँगै न्युज २४ ले २५ हजार र उपविजेता ललितपुर शाखाले १५ हजार नगद प्राप्त गरेको छ ।
प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।
फाइनलमा नेपाल पत्रकार महासंघले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।
विजेताहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले पुरस्कृत गरे ।
न्युज २४ लाई मिडिया कपको उपाधि






-1759666509639.jpg&w=3840&q=75)






-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)