नेपाल र अफगानिस्तान भिड्दै
मंगलबार, चैत २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार १:४५ बजे सुरु हुनेछ ।
नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली अफगानिस्तानलाई हराउँन नेपाललाई सहज भने छैन।
पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११-१ ले स्तब्ध भएको थियो।
लगातार दोस्रो हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपाल बाहिरिसकेको छ । अफगानिस्तानलाई हराउँदै नेपाल सान्त्वना जित निकाल्ने योजनामा रहेको छ ।
नेपाल र अफगानिस्तान भिड्दै






-1759666509639.jpg&w=3840&q=75)






-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)