काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा सोमबार ताजिकिस्तानसँग ११-१ गोल अन्तरले पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो ।
नेपालले सुरुआती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो ।
पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल व्यहोरेको थियो ।
आदील हामिदले तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, आठौं मिनेटमा योरोभ इद्रिसले गोल गर्दै ताजिकिस्तानलाई १-१ गोलको बराबरीमा ल्याए ।
२१ औं कुजिभ उमेदले गोल गर्दै ताजिकिस्तानलाई २-१ को अग्रता दिलाए ।
सार्दोरोभ फाइजलीले २५ औं मिनेटमा गोल गर्दै ताजिकिस्तानलाई ३-१ को अग्रता दिलाए ।
फाइजलीले ३१ औं मिनेटमा गोल गर्दै ताजिकिस्तानलाई ४-१ को अग्रता दिलाए ।
खेलको ३२ औं मिनेटमा फाइजलीले ह्याट्रिक पूरा गर्दा ताजिकिस्तान ५-१ ले अघि रह्यो ।
खेलको ३३ औं मिनेटमा हालिमोभ शभोक्वाटले गोल गर्दै टोलीलाई ६-१ को अग्रता दिलाए ।
३४ औं मिनेटमा उमेदले गोल गर्दै ताजिकिस्तानको अग्रता ७-१ को बनाए ।
खेलको ३४ औं मिनेटमा हालिमोभले व्यक्तिगत दोस्रो गोल गर्दै ताजिकिस्तानको अग्रता ८-१ को बनाए ।
३७ औं मिनेटमा रिजोमोभ समान्दरले गोल गर्दै ताजिकिस्तानको अग्रता ९-१ को बनाए ।
त्यसपछि खेलको ३८ औं मिनेटमा योरोभ र रिजोमोभले गोल गरेपछि ताजिकिस्तान ११-१ ले विजयी भयो ।
यस हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ ।
यस अघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।