काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आइतबार उज्वेकिस्तानको सामना गर्दैछ ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बिहान १०:४५ बजे सुरु हुनेछ ।
छनोटमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा रहेको छ । त्यसैले छनोटको पहिलो खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले युवा र अनुभवीसहितको मिश्रित टोलीबाट जित निकाल्नेमा आफु आशावादी रहेको बताए ।
प्रशिक्षक बस्नेतले उज्वेकिस्तानविरुद्धको अघिल्ला भेटमा नतिजा राम्रो नभएपनि यस पटक भने सुलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताए ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।