काठमाडौं । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र सिर्जना घिसिङले चीनमा आयोजना हुने एसियन पारा गेम्समा प्रतिस्पर्धा गर्ने भएका छन् ।
एसियन पारा आगामी अक्टोबर ९ देखि १५ सम्म चीनको हांग्जाउमा हुनेछ । जसमा पलेशाले के.४४, ५७ केजी मुनी र सिर्जनाले के ४४, ५२ केजी मुनी प्रतिस्पर्धा गर्ने छन् ।
विश्व तेक्वान्दो महासंघको विश्व वरीयताको शीर्ष १० भित्र पर्दै पलेशा र सिर्जनाले वाइल्ड कार्डमार्फत एसियन गेम्स खेल्ने मौका पाएका हुन् । पलेशा विश्व वरीयताको ९ औं र सिर्जना १० औं स्थानमा रहेकी छिन् ।
विश्व तेक्वान्दो महासंघले नेशनल पारा ओलम्पिक कमिटि नेपाललाई पत्र पठाउँदै दुबैले वाइल्ड कार्ड पाएको नेपाल तेक्वान्दो संघले जानकारी गराएको छ ।
पलेशा टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सिर्जनाले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेण्ड कप एसियन रिजनमा रजत पदक जित्ने खेलाडी हुन् ।