शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

मंगलबार, २२ चैत्र २०७८खेलपाटी संवाददाता
सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक
Loading ad...
mustang rice ad

काठमाडौं । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ का थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले मंगलबार अवार्ड अन्तर्गत वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

धनगढीमा आयोजनामा हुने स्पोर्टस अवार्डको तेस्रो संस्करणको वर्ष प्रशिक्षकमा भलिबलका जगदिश भट्ट, फुटबलका ललित चन्द र वक्सिङका डमरदत्त भट्ट मनोनयनमा परेका छन् । 

महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको उपाधि नेपाललाई जितेका थिए । उनले लगातार दोस्रो पटक नेपाली महिला भलिबल टोलीलाई च्याम्पीयन बनाएका हुन् ।

फुटबल प्रशिक्षक ललित चन्दले नेपालगंजमा भएको प्रसिडेन्ट कपमा कैलालीको स्टार सिटी युवा क्लबलाई च्याम्पीयन बनाएका थिए । उनी सोही प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक समेत बनेका थिए । पहिलो पटक आयोजित नेपाल सुपर लिगमा धनगढी फुटबल उपविजेता बन्दा उनी सहायक प्रशिक्षक रहेका थिए । उनले नेपाली अण्डर–२३ फुटबल टोलीलाई पनि प्रशिक्षण दिएका थिए । 

ओलम्पीयन समेत रहेका वक्सिङका डम्बरदत्त भट्ट  दुवइमा भएको एसियन युथ एण्ड जुनियर च्याम्पियनसीपमा नेपाली खेलाडीलाई पदक जिताउने मध्येका प्रशिक्षक हुन् । उनले प्रशिक्षण दिएकी स्वस्तिका तिरुवाले पहिलो पटक सो प्रतियोगितामा कास्य पदक जितेकी थिईन् । एसियन युथ एण्ड जुनियर च्याम्पियनसीपमा नेपाली टोलीले पहिलो पटक पदक जितेको छ । 

वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका लोकेश बम फुटबलकी चन्द्रा भण्डारी र भलिबलका विशाल भण्डारी परेका छन् । क्रिकेटका लोकेश बलमे कलिलो उमेरमै युएइ विरुद्धको नेपाली टोलीबाट डेब्यु गरेका छन् । उनले डेब्यु खेलमा २१ बलमा ३३ रनको आक्रमक पारी खेलेका थिए । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनी अण्डर–१९ नेपाली टोलीमा नपरेपनि आईसीसी टी–२० विश्वकपको छनोट खेलमा पनि प्लेइङमा परेका खेलाडी हुन । प्रधानमन्त्री कपमा ६ खेलमा १५२ रन बनाउदै आफ्नो क्लबलाई उपाधि जिताएका थिए भने आक्रमक रुपमा अर्धशतकीय पारी समेत लेखेका थिए । 

फुटबलकी चन्द्रा भण्डारीले महिला लिग छनोट प्रतियोगिताको उपाधि धनगढीलाई जिताउन उत्कृष्ट प्रदर्शन  गरेकी थिईन् । फाइनलमा दुई सहित ५ खेलमा १२ गोल गर्दै महिला लिग छनोट प्रतियोगिताको उत्कृष्ट फरवार्ड बनेकी थिईन् । उन्नाई वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाली महिला फुटबल टोलीको सदस्यको रुपमा भुटान समेत गएकी थिईन् । हाल सञ्चालन भईरहेको राष्ट्रिय महिला लिगमा वालिङ विरुद्ध ह्याट्रिक सहित चार गोल र चन्द्रपुर नगरपालिका विरुद्ध एक गोल गर्दै प्लेयर अफ द म्याच भएकी थिईन् । 

भबिलका विशाल भण्डारी कलिलो उमेरमै खेलको छाप छोड्न सफल भएका छन् । १७ वर्षको उमेरमै क्षेत्रीय प्रतियोगितामा डेब्यु गर्दै उत्कृष्ट लिवरोको उपाधि समेत उनले जितिसकेका छन् । १८ वर्षको उमेरमा राष्ट्रिय पतियोगितामा डेब्यु गर्दै सुदूरपश्चिमका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मध्येमा विशाल पर्छन । 

यसअघि सार्वजनिक वर्ष पुरुष खेलाडीमा क्रिकेटका दिपेन्द्र सिंह ऐरी फुटबलका टिकेन्द्र थापा र ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेको सार्वजनिक भईसकेको छ । त्यस्तै महिला बर्ष खेलाडी तर्फ भलिबलकी सरस्वती चौधरी, फुटबलकी उषा नाथ र एथलेटिक्सकी राजपुरा पछाई मनोनयनमा परेकी छिन् । चार विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अब बाँकी दुई विधाको मनोनयन सार्वजनिक हुने जनाएको छ । सुदुरपश्चिम आईकन महिला र पुरुष विधाको मनोनयन केही दिनमा सार्वजनिक हुने मञ्चका महासचिव तथा कार्यक्रम संयोजक प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार दुई विधा लाईफटाईम एचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा भने कार्यक्रम आयोजना भएकी स्थानमा घोषणा गरिनेछ । 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । वर्ष युवा खेलाडीलाई निर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल र सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । यस्तै अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

 

Loading ad...
LiNing Ad
सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने