शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एकाटेरिना र जेन्तालाई एशिया ट्राईयाथलनको उपाधि

शनिबार, १९ चैत्र २०७८नारायण क्षेत्री
एकाटेरिना र जेन्तालाई एशिया ट्राईयाथलनको उपाधि
Loading ad...
mustang rice ad

पोखरा । जापानका जेन्ता युचिदा र काजाकिस्तानकी एकाटेरिना शाबलिनाले एशिया ट्राईयाथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिपको उपाधि जितेका छन् ।

पोखराको फेवातालमा शनिबार पुरुषतर्फ जेन्ता र महिलातर्फ एकाटेरिनाले उपाधि जितेका हुन् ।

७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ कि.मि. दौडको दुरी जेन्ताले ५३ मिनट १४ सेकेन्ड तथा एकाटेरिनाले १ घन्टा ०२ मिनेट २० सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन् ।

पुरुष तर्फ दोश्रो स्थानमा जापानकै क्योतारो ओसिकावा र तेश्रो स्थानमा अष्ट्रियाका लिओन पगर रहे । क्योतारोले उक्त दुरी ५३ मिनेट२२ सेकेन्डमा र लिओनले ५३ मिनेट ३६ सेकेन्डमा पूरा गरे ।

प्रतियोगिताको महिला तर्फ जापानकी हिराकु फुकुओकाले १ घन्टा २ मिनेट ५३ सेकेन्डका साथ दोश्रो र काजाकिस्तानकी नादेज्दा बेक्मागनबेताभाले १ घन्टा ४ मिनेट १४ सेकेन्डका साथ तेश्रो भईन् ।

शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी, प्रमाण पत्रका साथै नगद ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यस्तै चौथोले ३१५ डलर र पाँचौले २१० डलर प्राप्त गरे ।

No description available.

आदर्श र प्रग्न्यालाई दक्षिण एशियाली उपाधि 

सोही क्रममा भएको दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसिपको उपाधी भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले प्राप्त गरेका छन् । आदर्शले ५९ मिनेट १० सेकेन्डमा दुरी पूरा गर्दै उपाधी जितेका हुन् । यस्तै पहिलो संस्करणकी बिजेता प्रग्न्याले १ घन्टा ६ मिनेट २२ सेकेन्डमा दुरी पूरा गर्दै उपाधि जितेकी हुन् । उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनेटले सुधार गरेकी हुन् ।

भारतिय खेलाडीहरुको दवदवा रहेको स्पर्धामा राहुल धनजी सिन्धेले ५९ मिनेट ४२ सेकेन्डका साथ रजत र विश्वनाथ यादवले ५९ मिनेट ४३ सेकेन्डका साथ कास्य पाए । यस्तै महिला तर्फ मानषी मोईतेले १ घन्टा ८ मिनेट १८ सेकेन्डका साथ रजत र संजना जोशीले १ घन्टा १० मिनेट ८ सेकेन्डका साथ कास्य पाईन् ।

राष्ट्रियमा बशन्त र सोनी च्याम्पियन 
राष्ट्रिय तर्फको प्रतिस्पर्धामा सेनाका बशन्त थारु र एपिएफकी सोनी गुरुङले जित स्वर्ण हात पारे । थारुले १ घन्टा ३ मिनेट २ सेकेन्डमा दुरी पूरा गरे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दुरी पूरा गरिन् । दोश्रो स्थानमा रहेका दिपेश चौधरीले १ घन्टा ५ मिनेट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका मुकेश थारुले १ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दुरी पूरा गरे ।

यस्तै महिला तर्फ केशरी थापा मगरले १ घन्टा २१ मिनेट २ सेकेन्डका साथ रजत र सस्तिका भण्डारीले १ घन्टा ३२ मिनेट ११ सेकेन्डका साथ कास्य पाए ।

प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ३७ र महिला तर्फ २० गरि ५७ खेलाडीहरुले सहभागिता जनाएका थिए ।

बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथक, राखेपका निमित्त सदस्य सचिव कुलबहादुर थापा, सदस्य राजेश गुरुङ्ग, गण्डकी प्रदेश सदस्य सचिव तेज गुरुङ्ग, प्रदेश साँसद एवं संघका उपाध्यक्ष दीपक कोईराला लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

Loading ad...
LiNing Ad
एकाटेरिना र जेन्तालाई एशिया ट्राईयाथलनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने