पोखरा । नेपाल ट्राईयाथलन संघको आयोजनामा एशिया ट्राईयाथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोलि शनिबार पोखराको फेवातालमा हुने भएको छ । त्यसका लागि संम्पूर्ण तयारी भएको संघले जनाएको छ ।
प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरि ६३ खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता पोखराको बसुधरा पार्कस्थित फेवा लेकमा संचालन हुने छ ।
प्रतियोगिता ७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ कि.मि. दौडको दुरीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणमा उक्त दुरी जापानका माकोतो ओदाकुराले ५४ मिनट ५७ सेकेन्डमा पार गरेका थिए । यस्तै महिला तर्फ भारतकी प्रग्न्या मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भएकी थिईन् ।
निकै अगाडी देखि अस्तित्वमा रहेको ट्राईयाथलन संघ प्राय निस्कृय रुपमा रहेको थियो । नेपालमा ट्राईयाथनको ईतिहासलाई हेर्ने हो भने १९८४ मा पोखरामा बिदेशीहरुले रमाईलोका लागि प्रतियोगिता गरेको देखिन्छ । त्यस यता निस्कृय रहेको खेललाई २०११ मा संघको पुनर्गठन भए पश्चात छोटो समयमा नै यसले फड्को मार्न सफल भई सकेको छ ।
संघको पुनर्गठन पश्चात अन्तराष्ट्रिय स्तरमा पदक प्राप्त गर्नुका साथै नेपालले दक्षिण एशियाली च्याम्पियनसिपको निरन्तर आयोजना गर्दैआईरहेको छ । नेपालमा ट्राईयाथलनको विकास र विस्तारलाई नजिकबाट नियाली रहेको अन्तराष्ट्रिय ट्राईयाथलन युनियन हाल बिश्व ट्राइयाथलनले सकारात्मक नेपालले गरेको सकारात्मक परिणामलाई मध्यनजर गर्दै एयिशन कपको जिम्मेवारी प्रदान गरेको हो ।
यस अघि संघले २०७६ बैशाखमा पहिलो संस्करणको एयिशन कप सफलतापूर्वक सम्पन्न गरि सकेको छ । यस्ता प्रकारका प्रतियोगिता तथा च्याम्पियनसिपले खेलकुदको विकास मात्र नभई पर्यटनलाई पनि संग संग अगाडी बढाउन मद्धत पुग्ने बिश्वास गरिएको छ ।