काठमाडौं । इटालियन क्लब युभेन्ट्स तथा अर्जेन्टिनाका स्टार पाउलो डिबालाकी आमा एलिसिया डी डिबाला नेपाल आएकी छिन् ।
सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलको कार्यक्रममा सहभागी हुन एलिसिया नेपाल आएकी हुन् ।
एलिसियालाई बुधबार स्कुलले एक कार्यक्रमकाबीच नेपाली सांस्कृतिक लाखे नाचसहित स्वागत गरेको छ ।
एलिसियालाई विद्यालयका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकारले खादा र मायाको चिनो प्रदान गरिन् ।
स्वागत कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीका साथै स्कुलको फुटबल एम्बेस्डर अनिल गुरुङ, खेलकुद संयोजक राकेशकुमार राईसँगै प्रशिक्षक सनोज श्रेष्ठ र पुष्प विष्ट लगायतको उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै एलिसियाले डिबाला कुनै दिन नेपाल आउने बताइन् ।