धनगढी । ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई काठमाडौंको मास ह्युमन रिर्सोसेजले प्रायोजन गरेको छ ।
काठमाडौंको सामाखुसीमा रहेको मास ह्युमन रिर्सोसेजले अवार्डको वर्ष पुरुष खेलाडी विधालाई प्रायोजन गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मास ह्युमन रिर्सोसेज जोडिएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मास ह्युमन रिर्सोसेजका अध्यक्ष एकेन्द्र कुँवर बीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कुँवर राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य रहेका छन् । उनी विभिन्न संघ संस्थामा पनि आवद्ध रहदै आएका छन् ।
लामो समयदेखि खेलकुद क्षेत्रमा आबद्ध रहदै आएकोमा आफ्नै क्षेत्रमा हुने अवार्डमा सहभागी हुन पाउँदा निकै खुशी लागेको कुँवरले बताए । उनले आगामी दिनमा पनि अवार्डलाई साथ दिने प्रतिबद्धता जनाए ।
अवार्डको तेस्रो संस्करणको तयारी सुरु भएको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धक्कमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ ।