काठमाडौं । भारतीय भारोत्तोलन खेलाडी चानु साइखोम मीराबाईले बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ द इयर अवार्ड जितेकी छिन् ।
टोकियो ओलम्पिकमा रजत विजेता मीराबाईले भोटिङमा सर्वाधिक धेरै मत प्राप्त गर्दै अवरद जितेकी हुन् ।
मीराबाईले गल्फर अदिति अशोक, बक्सर लोभलिना, ब्याडमिन्टनकी पीभी सिन्धु र पारा सुटर अभानी लेखरालाई पछि पार्दै अवार्ड जितेकी हुन् ।
मीराबाई भारोत्तोलनबाट ओलम्पिकमा रजत जित्ने पहिलो भारतीय महिला खेलाडी हुन् ।