काठमाडौं । चीनका ल्यू जियाओजनले २०१६ रियो ओलम्पिकको स्वर्ण पदक प्राप्त गर्ने सम्भावना बढेको छ ।
काजकिस्तानका भारत्तोलन खेलाडी निजात रहिमोभको २०१६ मा भएको रियो ओलम्पिकको स्वर्ण पदक खोसिएपछि जियाओजनले स्वर्ण पदक पाउने सम्भावना रहेको छ ।
पुरुषको ७७ केजी तौलसमूहमा रहिमोभले स्वर्ण जित्दा जियाओजनले रजत पदक हात पारेका थिए ।
डोपिङमा असफल भएपछि रहिमोभको स्वर्ण पदक खोसिएको थियो ।
साथै उनीमाथि आठ वर्षको प्रतिबन्ध समेत लगाइएको छ ।
उनको २०१६ मार्च १५ पछिका सबै नतिजाहरु समेत रद्द गरिएका छन् ।